अत्तरिया, १७ मंसिर : कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ठक्करपछि ३ जना घाइते भएका छन । घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन् ।
घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १० बस्ने ४१ वर्षीय भुपेन्द्र बिकलाई भने प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित पाेस्टहरु