
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा व्यवस्थित स्वच्छ मासु पसल सञ्चानमा आएको छ। व्यवस्थित मासु पसल चिकन हाउसको उद्घाटन गोदावरी नगरपालिका वडा नं १ अध्यक्ष गोपाल दत्त भट्टले रिबन काटी शनिबार उद्घाटन गरेका हुन। अत्तरिया धनगढी रोडमा चिकन हाउस नाम दिएर उक्त मासु पसल सञ्चालनमा आएको छ ।
उपभोक्तालाई स्वास्थ्यप्रद स्वच्छ मासु उपलब्ध गराउन तथा अत्तरिया क्षेत्र मा बढ्दै गएको मासुको मागलाई मध्यनजर गरी सुविधा सम्पन्न मासु पसल संचालनमा ल्याइएको मासु पसल सञ्चालक अम्बा दत्त भट्ट ले बताए। संचालक भट्ट ले २५ लाख को लगानी मा संचालन मा ल्याएको मासु पसलमा कुखुरा, माछा र खसी को स्वच्छ मासुहरु लगायत कुखुरा को अण्डा हरु समेत सुपथ मूल्य मा उपलब्ध गराउने बताए।
संचालक भट्ट ले विशेष गरी सिजन अनुसार चलिरहेको विवाह, बर्त लगायत अन्य कार्यक्रम मा ग्राहक को माग गरे अनुसारका माछा,मासु का परिकारहरू विशेष छूट का साथ उपलब्ध गराउने र होम डेलभरी समेत गरिने भट्ट ले बताए ।
