माया लुहार हत्या प्रकरणका आरोपी सशस्त्र जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

अत्तरिया : बैतडीको पञ्चेश्वरकी माया लुहारको हत्या प्रकरणका आरोपी महेन्द्रनगर बाट पक्राउ परेका छन । सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका अनुसार मायाको हत्या गरेको अभियोगमा बैतडी शिवनाथका भरतराम कोलीलाई महेन्द्रनगर बाट प्रकाउ गरिएको हो । कोली लाई आज बिहान महेन्द्रनगर बजारमा डुलीरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका कोलीलाई बैतडी प्रहरीलाई बुझाइने कञ्चनपुर प्रहरीले बताएको छ । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकि थिइन ।पक्राउ परेका कोली र माया प्रेम सम्बन्धमा रहेको बुझिएको बताउदै प्रहरीले घटनाबारे अनुसन्धानपछि मात्र थप कुरा खुल्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.