निर्वाचित जनप्रतिनिधिलाई उपमहानगरको बधाई तथा स्वागत : विकासका समन्वय र सहकार्य आवश्यक

धनगढी : धनगढी उपमहानगरपालिकाको विकासका लागि तीन तहकै सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको निर्वाचित सांसदले जोड दिएका छन् ।
आईतबार कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई धनगढी उपमहानगरले बधाई तथा स्वागत कार्यक्रममा भर्खरै निर्वाचित सांसदले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागि सांसदले विकासका लगि समन्वय सहकार्य विना सम्भव नभएको बताए । ‘तीन तहका जनप्रतिनिधि एक ठाउँमा छौँ । सबैको कार्य क्षेत्र एकै रहेको छ’, कार्यक्रमका प्रमुख अतिथि तथा कैलाली क्षेत्र नम्बर ५ का भर्खरै निर्वाचित प्रतिनिधि सभा सांसद डिल्लीराज पन्तले भने । ‘स्थानीय तहसंग समन्वय र सहकार्य नगरेर विकास सम्भव देखिदैन् ।’ बजेट जसको भए पनि कार्यान्वयन गर्ने निकाय स्थानीय सरकार भएको हुँदा संविधानको मर्म अनुसार समन्वय, सहकार्य र सहअस्थित्व गरेर नै अगाडि बढ्न आवश्यक रहेको सांसद पन्तले बताए । ‘संविधानमा तीन तहकै सरकारका एकल तथा साझा अधिकार छन्’, उनले भने । ‘त्यसका लागि पनि विकासका लागि सहकार्य अपरिहार्य छ ।’ निर्वाचन सम्म दलका उम्मेदवार भए पनि निर्वाचित भएपछि कुनै एक दलका सांसद नरहने बताउँदै सांसद पन्तले जनताका निम्ति काम गरेर देखाउन समय आएको बताए ।
‘धनगढी उपमहानगर भएको धेरै बर्ष भएको छैन्’, उनले भने । ‘धेरै यहाँ ग्रामिण क्षेत्र समेत छन् । त्यसले गर्दा उपमहानगर तथा क्षेत्र नम्बर ५ मा समानुपातिक ढंगले विकासको नीति लिनुपर्दछ ।’ निर्वाचित सांसद पन्तले धनगढीका विकासका मुद्धामा तीन तहका जनप्रतिनिधिले ५ बर्षमा एक साथ अगाडि बढ्न सकेमा मुहार फेरिनेमा जोड दिए ।
कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित प्रदेश सभा सांसद प्रकाश देउवाले पनि निर्वाचन भन्दा अगाडि दलका उम्मेदवार भए पनि निर्वाचित भएपछि सबैको साझा जनप्रतिनिधि भएको हुँदा विकासका लागि एक ठाउँमा आउन आवश्यक रहेको औल्याए । ‘सबैका उदेश्य विकास गर्ने हो ।’, उनले भने ‘त्यसले गर्दा अव पश्चिमबाट पनि केहि विकासका काम सुरुवात गर्नुपर्दछ । त्यसका लागि संविधानको मर्म अनुसार सहकार्य र सहअस्थित्वको आवश्यकता छ ।’ अहिलेको प्रदेश सरकारले गरेका काम घाम झै छलङग रहेको उनले स्मरण गराए । ‘स्थानीय सरकारले ग्राभेल गर्ने अनि प्रदेशको बजेट पनि त्यसै सडकमा हाल्ने गरेको छ ।’, उनले भने । ‘जुन तहको बजेट भए पनि जनताको बजेट नै भएको हुँदा विकासका लागि तीन वटै सरकार लाग्नुपर्दछ ।’ उनले ५ बर्ष धनगढीको विकासका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे
। कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ (क) बाट निर्वाचित प्रदेश सभा सांसद रमेश धामीले विकास गर्नकै लागि जनप्रतिनिधि भएको हुँदा सबैका सहकार्य आवश्यक रहेको औल्याए । समानुपातिक ढंगले विकासका लागि सबैको सहभागिता हुनुपर्ने सांसद धामीले बताए । ‘उपमहानगरपालिकाको सहयोग विना विकास सम्भव नभएको हुँदा समन्वय र सहकार्य मै हुनेछ’ उनले भने । ‘अर्को कुरा विकासमा विविध पनि हुनु हुँदैन् ।’
कार्यक्रममा उपमहानगरपालिका मेयर गोपाल हमालले धनगढीलाई बनाउन एक्सानका साथ अगाडि बढन् आवश्यक रहेको बताए । पुस मसान्त भित्र योजनाहरु अगाडि बढाईसक्नु पर्ने हुँदा सबैले एक भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ । ‘तीन तहका जनप्रतिनिधिहरु एक पटक धनगढीका सबै वडामा संयुक्त रुपमा अवलोक गरौँ’ हमालले भने । ‘कुन ठाउँमा के आवश्यक छ । त्यसै अनुसार योजनाहरु प्राथमिककरण गरौँ । विकास सम्भव छ ।’ जनताले भाषण भन्दा पनि काम खोजेको हुँदा त्यसै अनुसार अगाडि बढ्न आवश्यक रहेको मेयर हमालले बताए । ‘धनगढीमा खानेपानी सबै वडामा पुगको छैन् । बत्ती समेत पुगको छैन् । अझ पनि धनगढीको १७ नम्बर वडामा जानु परेमा अर्को पालिका भएर जानुपर्दछ’, मेयर हमालले भने । धनगढीको डुवान समस्या समाधानका लागि तीन तहको सरकार सहकार्य विना सम्भव नभएको उनले बताए । ‘अहिलेको नेतृत्वप्रति जनता आशावादी छन् । धनढीको विकास लागि शहरी क्षेत्र र ग्रामिण क्षेत्र छुट्याएर अगाडि बढ्नुपर्दछ’, उनले भने । सुदूरपश्चिमको धनगढीमा मात्र राम्रो काम गर्न सकेमा धेरैले सिको गर्ने मेयर हमालको तर्क रहेको छ । ‘आज राम्रो सडक हेर्नका लागि पुर्व तिर वा विदेश तिर जानुपर्दछ’उ नले भने । ‘धनगढीमै राम्रो सडक निर्माण गरौँ । यसलाई प्रयोगशाला बनाउ । त्यसका सिको पक्कै पनि सबैले गर्ने छन् ।’ धनगढीका १९ वडा वडा अध्यक्ष र कर्मचारी सहभागि रहेको उक्त कार्यममा स्वागत मन्तव्य उपमेयर कन्दकला रानाले गरेकी हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.