धनगढीमा युवती मृत फेला

अत्तरिया : धनगढीमा युवती मृत फेलापरेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी युवती मृत अवस्थामा भेटिएकी छन्। धनगढी उपमहानगरपालिका ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउद मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ६ घरभइ दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको बताए। उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.