निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर : टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।
टिकापुर नगरपालिकाले १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यो बेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो । उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन्।
‘

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.