Agni Offset Press

अछामकी मनादेवी रावल १७ सन्तानकी आमा

Aarati simant

अछाम : साँफेबगर नगरपालिका–१२ खप्तड पुत्रु गाउँ अछामकी मनादेवी रावल ७६ वर्षकी भइन्। १७ जनालाई जन्म दिएकी उनलाई घरायसी काम त छँदै छ, उकालो–ओरालो गर्न यो उमेरमा पनि असहज छैन। मधुमेह र रक्तचाप जस्ता रोगले छोएको छैन। बिरामी भएर आजसम्म अस्पताल नपुगेको उनी सुनाउँछिन्। उमेरसँगै आँखा भने कमजोर हुन थालेका छन्। १७ सन्तानलाई जन्मदिएर पनि यति स्वस्थ्य रहनुमा आफ्नो आत्मबल र खानपान नै हो भन्छिन् उनी।

उनको बिहे १३ वर्षमा भएको थियो। १५ वर्षमा पहिलो बच्चा जन्माइन्। उनले अन्तिम बच्चा ४३ वर्षको उमेरमा जन्माएको सुनाउँछिन्। जन्मिएका १७ मध्ये ५ मात्रै जीवित छन्। अहिले ४ छोरा र एक छोरीबाट नातिनातिनीहरू छन्। नातिबाट उनले पनाति पनि देखिसकिन्। ‘छोराको आसमी मस्तै जत्काल बस्या,’ उनले भनिन्, ‘१२ त खड गया (१२ जना मरे)। छोरी १० हुन् म¥याकी (छोरी मात्रै १० मरे) २ छोरा छिया (मरेका २ छोरा थिए)। संसार देख्ने भाग्य भएका जति बाँचे अरू खेर गए।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.