कैलारीबाट लागुऔषधसहित ३ जना पक्राउ, एक भारतीय

धनगढी : कैलालीको कैलारी गाउँपालिका ५ बैजपुरबाट लागुऔषधसहित ३ जना समातिएका छन्। प्रहरीका अनुसार ३४ ग्राम ५ सय १० मिलिग्राम लागुऔषधसहित भारत बस्ने ५५ वर्षीय शेरसिंह लगायत २ जना समातिएका हुन्।

शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले युपि ३१ बिएक्स ८०९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.