लालझाडी गाउँपालिका अध्यक्ष रानाका छोरा मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा मृत अवस्थामा फेला परेका छन । अध्यक्ष रानाका २० वर्षीय छोरा मनोज राना अहिले दिउँसो लालझाडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । राना घरभन्दा करिब १ किलोमिटर टाढा रहेको एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भण्डारीले बताए । अध्यक्ष राना भने काठमाडौंमा छन ,खबर सुनेपछि उनी आइरहेको प्रहरीले जनाएको छ । राना ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका हुन ।

प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलीले अहिले घटनास्थल मुचुल्का तयार पारिरहेको र थप विवरण भने आउन बाँकी रहेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.