कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर, १ पुस : कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ । शुक्रबार बिहान वेदकोट नगरपालिका–७ को सुडामा बसको ठक्करबाट २१ वर्षीय कविराज बैद्यको मृत्यु भएपछि स्थानीयले घटनाको विरोधमा राजमार्ग बन्द गरेका हुन् ।

दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीकाअनुसार दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रु बहाक बसले ठक्कर दिदा साइकलमा क्याम्प गइरहेका बैद्यको मृत्यु भएको थियो ।

उनी महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पस स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.