अत्तरिया, १ पुस : लैङ्गिक संवेदनशिल रिपोर्टिङ तथा लैङ्गिङ उत्तरदायी न्याय सम्बन्धी सञ्चारकर्मीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
महिलाको न्यायमा पहुँच परियोजना दोस्रो चरणको अन्र्तगतको कार्यक्रम सम्पन्न भएको हो । कानुनी सहयोग परामर्श केन्द्र (ल्याक) तथा दलित महिला अधिकार मञ्चको संयुक्त अयोजनामा कैलाली जिल्लाका सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम भएको हो ।
अभिमुखीकरण कार्यक्रममा लैङ्गिक संवेदनशिल रिपोर्टिङमा हुने चुनौती र कानुनी व्यवस्थाका बारेमा छलफल गरिएको थियो ।
ल्याकका अध्यक्ष अनिता न्यौपाने थपलिया र राष्ट्रिय परियोजना संयोजक सरस्वती योञ्जनले सहजीकरण गरकी हुन् । अभिमुखीकरण कार्यक्रममा कैलालीका पत्रकारहरुको सहभागिता रहेको थियो ।