नवजिवन शिक्षा पदकबाट गोदावरीका पन्त सम्मानित

धनगढी : नवजिवन सहकारी संस्थाले प्रदान गर्ने नवजिवन शिक्षा पदक बाट कैलालीको गोदावरी नगरपालिकाका दिनेश पन्त सम्मानित भएका छन्।

उनलाई शनिबार धनगढीमा भएको सहकारीको साधारण सभामा उक्त पदकबाट सम्मानित गरिएको हो। पन्तले एमबीएसको परीक्षामा प्रथम स्थान हासिल गरेको भन्दै संस्थाले विभूषित गरेको जनाएको छ। उनलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सम्मानपत्र प्रदान गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.