रोकीएको जग्गा नापीको कार्य गोदावरी–३ बाट सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा जग्गानापीको काम सञ्चालन भईरहेको छ । नगरपालिकाका चार ओटा वडामा भईरहेको जग्गानापिको काम आईतबारबाट वडा नम्बर ३ मा पनि सुरु भएको हो ।

वडा नम्बर ३ मा नापीको काम शुभारम्भ गर्दै नगरप्रमुख विरेन्द्र भट्टले सबै वडाहरुमा नापिको काम सुभारम्भ गरिरहेको बताए । उनले जग्गाको नापि टोलीले केही समय भित्र नै नगरका सबै वडाहरुमा जग्गानापजाँचको काम सक्ने बताउदै उनले उक्त काममा टोलीलाई सहयोग गर्न वडाबासीलाई आग्रह गरे ।

निर्वाचनका कारण रोकिएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुका लागी जग्गा नापिको काम पुनः सुरु भएको हो । नगरपालिकाले निर्वाचन लगत्तै नगरका सबै वडाहरुमा जग्गानापीको काम सुरु गरिरहेको छ । केही दिन अघिमात्रै वडा नं. ४ मा पनि नगरपालिकाले जग्गा नापिको काम सुरु गरेको थियो । नगरका वडा नं. १,२ र ५ मा निर्वाचन अघि नै नापीको काम सुरु भैसकेपनि निर्वाचनको आचारसंहिताका कारणमा अन्य वडाहरुमा नापिको काम सुरु हुन सकेको थिएन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.