अत्तरियामा गोलि चल्यो, सुनचाँदी व्यवसायी घाईते

अत्तरिया, ३ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आईतबार साँझ गोलि चलेको छ । गोलि चल्दा अत्तरियामा रहेको न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ बर्षीय विकास गौतम घाईते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका उनीमाथि अत्तरियायाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको हो ।

पसल बन्द गरेर घर जाने क्रममा अज्ञात समुहले चलाएको गोलि बाट गौतमको पिठ्यु र हातमा चोट लागेको छ । गोलि चलाउनेले सुन सहित नगद समेत लुटेर गएको जनाएको छ । गौतममाथी २ गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.