धनगढी : धनगढी उपमहानगरपालिका भित्र निर्माण हुने संरचनाका लागि उपमहानगरको स्विकृत लिनुपर्ने भएको छ । मंसिर २५ गते जारी गरेको धनगढी उपमहानगरले एक सुचनामा कुनै पनि भवन, टहरा, कम्पाउण्डवाल, गोदाम लगायतका संरचना बनाउँदा अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने नीति बनाएको जनाएको छ ।
स्विकृति विना निर्माण भएका संरचना भए जतिवेला पनि भत्काउन सकीने
धनगढी उपमहानगर भित्र स्विकृत विना निर्माण गरेको संरचनाहरु अवैध हुने भएकाले सडकको सेटव्याक (सडकको मापदण्ड) छोडेर मात्र निर्माण गर्नुपर्ने जनाएको छ । यदि स्विकृति विना निर्माण भएका संरचना भए जतिवेला पनि भत्काउन सकीने उपहानगरले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरेको छ ।