अत्तरिया गोलीकाण्ड घटनामा संलग्नलाई पक्राउ गर्न सुनचाँदी व्यवसायीको माग

धनगढी, ५ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सुनचाँदी व्यवसायी विकास स्वर्णाकारमाथी गोली प्रहार गर्ने घटनामा संलग्नलाई अबिलम्ब पक्राउ गर्न सुनचाँदी ब्यवसायीहरुले माग गरेका छन् ।
सुनचाँदी ब्यवसायी आबद्ध विभिन्न संघसंगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गोली प्रहार गर्नेलाई पक्राउ गरि कडा कारवाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरेका छन् । आईबार साँझ पसल बन्द गरि घरतर्फ जाँदै गरेका विकासमाथि अत्तरिया बजारको पूर्वीरोड सशस्त्र प्रहरी क्याम्प अगाडि गोली प्रहार गरि घाईते तुल्याएको थिए । गोली प्रहरा गर्ने हतियारधारी समुहले करिव ३० तोला बराबरका सुनका गरगहना र नगद २ लाख सहित ब्याग लुटपाट गरेको संग द्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसरी ब्यवसायी स्वर्णाकारमाथी गोली प्रहार गर्ने समूह अहिले सम्म पक्राउ नपर्दा सम्पूर्ण ब्यवसायीले असुरक्षित भएको महसुस गरिरहेका छन्, हामी ब्यवसायीहरु सुरक्षा प्रत्याभुतीको माग गर्दछौ विज्ञप्तिकम भनिएको छ । सुनचादी ब्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनार, कैलाली आभुषण सुनचादी ब्यवसायी संघका अध्यक्ष कमलप्रसाद लामिछाने, सुनचादी ब्यवसायी महासंघका सुप प्रदेश सचिव रुपक सुनार, महाकाली सुनचादी ब्यवसायी संघ कचनपुरका अध्यक्ष लक्ष्मण सुनारद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा गोली प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै ब्यवसायीहरुले उक्त घटनाको कडा शब्दमा भत्सर्ना गरेका छन् । घोडाघोडी नगरपालिका १ बस्ने स्वर्णाकारको अश्रिया बजारमा सुनचाँदी कारखाना पसल रहेको छ। प्रहरीका अनुसार विकासमाथी मोटरसाईकलमा सवार दुई जनाको समूहले गोली प्रहार गरेको थियो । घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.