अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्व मन्त्री प्रेमबहादुर आलेमगरलाई मातृ शोक परेको छ । पूर्व मन्त्री आलेकी आमा गंगादेवी आलेको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनको मंगलबार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ लगिएको थियो।
डोटीस्थित आफ्नै निवासमा उच्चरक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो। पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन्।