अत्तरियामा व्यवसायी माथि भएको गोली प्रहारको विरुद्धमा विरोध प्रदर्शन

अत्तरिया, ५ पुस : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आईतबार साँझ भएको गोलिकाण्ड विरुद्ध विरोध प्रदर्शन गरिएको छ । अत्तरियाका सुनचाँदी व्यापारी विकास सुनारलाई गोली प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरी तत्काल सार्वजनिक गर्न माग गर्दै अत्तरियामा विभिन्न सुनचाँदी व्यवसायी संघहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन ।
उक्त विरोध प्रदर्शनमा सुनचाँदी व्यवसायी संघहरुले संयुक्त रुपमा शान्ति सु–व्यवस्था कायम गर, व्यापारीलाई सुरक्षाको प्रत्याभुति गर, गोलिकाण्डका अपराधीलाइ पक्राउ गरी सार्वजनिक गर, घाईतेको यथाशिघ्र उपचार गर लगायतका नाराहरु लगाए ।
कैलालीको आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ, कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन गरि विरोध प्रदर्शन गरेका छन । संघर्ष समितिका संयोजक सन्तोष लामिछानेले घटना घटेको दुई दिन हँुदा पनि अपराधीलाई पक्राउ गर्न प्रहरीले असमर्थ भएको भन्दै विरोध स्वरुप शान्तिपुर्ण आन्दोलन गरिएको बताए । अत्तरियाका विभिन्न क्षेत्र परिक्रमा गर्दै इलाका प्रहरी कार्यालय मालाखेती अगाडि कोण सभामा परिणत भएको हो । कोणसभालाई सन्तोष लामिछाने, अत्तरिया उद्योग वाणिज्य संघक वरिष्ठ उपाध्यक्ष कल्याण बोहरा, महासचिव यज्ञराज जोशी, समाजसेवी टंक कोइराला, युवा नेता लोकराज पाण्डे लगायतले सम्बोधन गरेका हुन् ।
व्यापारीलाई सुरक्षा निकायका अगाडि नै गोली प्रहार गर्दा पनि अपराधीहरु पक्राउ पर्न प्रशासनको कमजोरी देखिएको छ । गोली प्रहार गर्ने अपराधीलाई कारबाही गरी व्यापारीहरुलाई सुरक्षापुर्ण रुपमा व्यापार गर्न पाउने वातावरण सृजना गर्न सुनचाँदी व्यवसायी संघहरुले माग गरेका छन् । घट्नाका दोषी पक्राउ नपरे सम्म चरणबद्ध आन्दोलनमा जाने सुनचाँदी व्यवसायी संघले चेतावनी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.