गोदावरी नगरपालिकाको निर्णय विरुद्ध राजमार्ग अवरुद्ध

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा गरेको पछिल्लो निर्णय विरुद्ध ट्याक्टर व्यवासायले राजमार्ग अवरुद्ध गरेका छन् । नगरपालिकाले गरेको निर्णयको विरोध गर्दै ट्रयाक्टर व्यावसायीले पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।
नदीजन्य पर्दाथको राजश्व रकम बढाएको भन्दै ट्याक्टर व्यवसायीले खुटीया पुलमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरे । स्याउले–खुटीया–बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाँउदै पुर्वपश्चिम राजमार्ग अवरुद्ध पारे ।
नगरपालिका आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थ संकलन गर्ने विषयमा छलफल भइरहेको गोदावरी नगरपालिका उप प्रमुख शारदादेवी रोकायाले बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.