चुरे–५ मा १०७ जेष्ठ नागरिकलाई कम्मल वितरण

अत्तरिया, ५ पुस : कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा जेष्ठ नागरिक सम्मान तथा कम्मल वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ५ ले १ सय ७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कम्मल वितरण गरेको हो ।
वडामा रहेका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै कम्मल बितरण गरिएको सोही वडाका वडाध्यक्ष विरबहादुर धामिले बताए । उनले जाडोको समय शुरु भएसंगै जेष्ठ नागरिकलाई वडाको सानो सहयोगले राहत पुगोस भन्ने उद्देश्यले कम्मल वितरण गरिएको बताए । वडाध्यक्ष धामीले बृद्धभत्ताको लागि खानिडाँडाँमै सनराईज बैंकको शाखाको लागि पहल भईरहेको बताए ।

उनले बृद्धभत्ताको लागि सहजपुर पुग्नुपर्ने बाध्यताको अब छिट्टै अन्त्य हुने बताए । वडा नम्बर ५ का वडाध्यक्ष धामीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गा अर्खोली, मंगल धामि, भावनादेबी खत्री लगायत स्थानीयको उपस्थिी रहेको थियो । जेष्ठ नागरिक सम्मान तथा कम्मल वितरण कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र बोहराले गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.