धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा दसौँ थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १४ देखि १७ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले बजनाएको छ ।
महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पनि पाइने छ ।
महोत्सव अवधिभर सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागतसहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।
होमस्टे सञ्चालनसँगै प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित पाेस्टहरु