धनगढी, ५ पुस : विपद् व्यवस्थापन कार्यमा एकीकृत ढंगले लाग्न आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । तीन तहको सरकार र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था बीच समन्वयकार्य ढंगले अगाडि बढ्नुपर्ने धनगढीमा भएको विपद् प्रतिकार्य योजना कार्यक्रममा सहभागिले यस्तो जोड दिएका हुन् । सुपर परियोजना अन्र्तगत महिला, कानुन र विकास मञ्चको आयोजनामा भएको कार्यक्रमको युएन ओमन को सहकार्यमा भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विश्वदिप मिश्राले तीन तहका सरकारबीच समन्वय गर्न आवश्यक रहेको बताए । उनले संघीय सरकारले नीति योजना बनाएर प्रदेश र स्थानीय सरकारले योजना कार्यान्वयन गर्नुुपर्ने सुझाए । यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका शेरसिंह खड्काले विपद्का क्षेत्रमा एकीकृत ढंगले अगाडि बढ्न आवश्यक रहेको औल्याए
कार्यक्रममा युएनडिपाका प्रगति भट्राईले विपद्जन्य घटना भईसकेपछि त्यसलाई व्यवस्थापन गर्नका लागि पूर्व तयारी आवश्यक पर्ने बताईन् । यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति लक्ष्मीप्रसाद जोशीले सुदूरपश्चिम प्रदेश सरकारले विपद्का क्षेत्रमा गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले प्रदेश सरकारले विपद्का क्षेत्रमा छुट्याएका बजेटका बारेमा पनि प्रष्ट पारेका थिए । यस्तै राष्ट्रिय विपद् जोखिम प्राधिकरणका फोकल पर्सन रिना चौधरीले संघीय सरकारले विपद्का क्षेत्रमा नीतिगत व्यवस्थाका बारेमा जानकारी गराईकी थिईन् ।
सम्बन्धित पाेस्टहरु