धनगढी : कञ्चनपुरमा १० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन् । मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा जिल्लाको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए ।
सम्बन्धित पाेस्टहरु