अत्तरिया : कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार गरिएको घटनालाई लिएर सडक अवरुद्ध पारिएको छ । व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहारको गरिएको घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग राख्दै अत्तरिया उद्योग वाणिज्य संघले सडक अवरुद्ध पार्दै एक घण्टा यातायात बन्द गरेको हो ।
गत ३ पुसमा पसल बन्द गरेर घर फर्किने क्रममा घोडाघोडी सुनचाँदी पसलका सञ्चालक सुनारमाथि गोली प्रहार गरिएको थियो । गोली प्रहार गरेर उनको साथमा रहेको ३५ तोला सुन र २ लाख नगद लुटिएको थियो ।
तर घटनामा संलग्न व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन । कैलाली प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।