अत्तरिया : धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका ५ बस्ने २७ वर्षीय अमृत रानालाई प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट ३ ग्राम ६०० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।