कैलालीमा कर धेरै तिर्ने व्यावसायीलाई चेम्बरको सम्मान

अत्तरिया : कैलालीको अत्तरियामा व्यावसायीहरुलाई सम्मान गरिएको छ । कैलाली चेम्बर अफ कमर्सले आर्थिक बर्ष २०७८÷७९ मा सबै भन्दा बढी सरकारलाई कर तिर्ने व्यावसायीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउद, शर्मामा इन्टरनेसनल प्रालिका सहान बाज आलम, नाष्ट कलेजका प्रमुख शिबहरी मुडभरी, किसान कृषि सहकारी संस्था रहेका छन् ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका हुन् ।
कार्यक्रममा चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल, चेम्बर का सुदूरपश्चिम अध्यक्ष प्रकाश साउँद, गोदावरी चेमर अफ कमर्सका अध्यक्ष तिर्थ ओझा, अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायत लगायत यस क्षेत्रका व्यावसायीहरु रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.