महाकाली बगेर एक महिलाको मृत्यु

दार्चुला, ९ पुस : महाकाली नदीमा बगेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ । शनीबार महाकाली नगरपालिका–४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हो ।
स्थानीय सन्तु अवस्थीका अनुसार महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित (भारततर्फ) डुम्पानी भन्ने ठाउँ फेला परेको हो । भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको अवस्थामा शव निकालेको जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.