अत्तरिया : कैलाली मुद्रण उद्योग संघको जिल्ला अध्यक्षमा शैलेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न संघको जल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुरवली चौधरी थारू, सचिवमा धर्मसिंह साउँद, कोषाध्यक्षमा भोजराज जोशी, र सह–सचिवमा धनकुमार जोशी छन्
यस्तै, समितिको सदस्यहरुमा भुवनेश्वरीदेवी भण्डारी, मुकेश ठाकुर, जोधिराम चौधरी, शुलभ शाह, साँधुराम चौधरी र यज्ञबहादुर चौधरी रहेका छन् ।