धनगढीमा जारी भुवा पर्व समापन

संस्कृति जर्गेना गर्ने दायित्व सबैको हो : प्रदेश प्रमुख जोशी

धनगढी, १० पुस : धनगढीमा जारी भुवा पर्व समापन भएको छ । बाजुरेली समाज धनगढीको आयोजनामा तीन देखि जारी भुवा पर्व आईतबार समापन भएको हो । भुवा पर्व समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । कार्यक्रममा उनले भुवा पर्व प्रदेश सरकारको एक महत्वपूर्ण संस्कृति बोकेको हुँदा यसलाई बचाउने दायित्व सबैको रहेको बताए । ‘संस्कृतिले पहिचान बोकेको हुन्छ । यसमा युवा वर्गहरुको भूमिका रहेको छ’, उनले भने, ‘सरकारले पनि उत्तिकै भूमिका हुन्छ ।’ उनले सुदूरपश्चिममा रहेको सम्पूर्ण पर्वहरुको जर्गेना गर्न आवश्यक रहेको बताए ।
परापूर्वकालदेखि समाजमा रहेका चाडपर्वहरुको संस्कृति संरक्षण गर्ने दायित्व सबैको रहेको उनले उल्लेख गरे । ‘यदि हाम्रो धर्म संस्कृति नै छैन भने हामी मानव हुनुको औचित्व छैन, उनले भने,‘त्यसकारण यसको जर्गेना गरेर अगाडि बढ्न आवश्यक छ ।’ चाडपर्वको ठूलो महत्व रहेको उल्लेख गर्दै प्रदेश प्रमुख जोशीले यसले एक आपसमा सौहार्दता र हार्दिकता बढाइदिने काम गरेको बताए । कार्यक्रमका विशेष्ट अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले भुवा पर्व सुदूरपश्चिमको एक प्रमुख चाड भएको हुँदा यसका संरक्षण सम्बद्र्धन गर्नमा सबैलाग्नुपर्ने बताए । आफ्नो तर्फबाट भुवा पर्व संरक्षणका लागि पूर्ण सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे । यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सांसद सन्तोषी शर्माले पहाडी जिल्लामा मात्र सिमित रहेको भुवा पर्व तराईमा समेत भव्य रुपमा मनाईको भन्दै खुशी व्यक्त गरिन् । समापन कार्यक्रममा देउडा प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा बाजुरा पुख्र्यौली घर भएर धनगढीमा विभिन्न पेशामा कार्यरत व्यक्तिहरुलाई सम्मानि समेत गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी द्घारा खादा र सम्मानित गरेको हो ।
‘पाण्डव र कौरबबीचका लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनको रुपमा यो पर्व मनाईन्छ । भुवा खेल सबैले खेल्न सक्दैनन् । बाजा र खेल्नेको ताल मिल्नुपर्छ । यो युद्धकालीन कला हो खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ, यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ ।
भुवाखेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ । पहिले राजा र रजौटाहरुले आफ्ना भाई भारदार लगाएत जनताहरुलाई आत्मरक्षाको लागी खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाकाहरुको भनाई छ ।
पुरुषहरुको पर्वका रुपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाहरुले पनि हातमा तरवार ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । बाजुरेली समाजका अध्यक्ष चेतन थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव रामचन्द जोशीले गरेका हुन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.