Agni Offset Press

परिवार नियोजनको लागि नयाँ अस्थायी साधन ‘सायना प्रेस’

Aarati simant

धनगढी : परिवार नियोजनको अस्थायी साधान ‘सायना प्रेस’ (तीन महिने सुई) कैलालीमा उपलब्ध हुने भएको छ । नेपाल परिवार नियोजन संघ कैलालीका अनुसार सन २०२३ को पहिलो महिना (जनावरी) भित्रै कैलालीमा परिवार नियोजन संघको अस्थायी साधान ‘सायना प्रेस’ प्रयोगमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि कैलालीका सवै पालिकास्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइरहेको नेपाल परिवार नियोजन संघ कैलाली शाखा प्रमुख चेतराज फुलाराले बताए । परिवार नियोजनको अस्थायी साधान साइना प्रेसका बारेमा जानकारी दिन मंगलबार गरिएको कार्यक्रममा कार्यालय प्रमुख फुलाराले भने, ‘सिन्धुली र नवलपरासीको सुस्तामा गरिएको परीक्षणमा यो साधान सफल देखिएपछि कैलालीमा पनि उपलब्ध गराइन लागिएको हो,’ आगामी जनावरी देखि सवै पालिका र स्वास्थ्य संस्थामा यो खोप उपलब्ध हुने छ ।’ सायना प्रेस परिवार नियोजनको तीन महिने सुई हो । यसअघि परीक्षणको रुपमा नवलपरासी र सिन्धुलीमा सञ्चालन गरिएको ‘साइना प्रेस’ सुई प्रभावकारी देखिएपछि जनावरी देखि कैलाली सहित देशका ७ जिल्लामा यो खोप प्रयोग गर्ने तयारी थालिएको नेपाल परिवार नियोजन संघकी स्टाफ नर्स सुमिना श्रेष्ठले बताइन् । उनका अनुसार यो खोप छालामा लगाइने हुँदा लगाउन सहज छ । यसको असर पनि न्यून हुने र ९९ प्रतिशत प्रभावकारी रहेको उनले बताइन् । ‘यो इन्सुलिन भएका कारण प्रयोग कर्ताले आफैपनि लगाउन सक्नेछन्,’ उनले भनिन्, तर नेपालमा अहिलेलाई स्वास्थ्यकर्मीकै रोहबरमा यो खोप लगाइने छ, पहिलो खोप स्वास्थ्यकर्मीको रोहबरमा लगाएपनि पछिका खोप भने आफै पनि लगाउन मिल्ने छन् ।’ यो खोप महिना वारी भएको ७ दिन पछि, सुत्केरी भएको ६ महिना पछि र गर्भपतन गरेको लगत्तै लगाउन मिल्ने जिल्ला स्वास्थ्य कार्यालय धनगढीमा परिवार नियोजन अधिकृत ओलकबहादुर चापागाईले बताए । उनका अनुसार क्यान्सर रोग लागेका महिला, उच्च रत्तचाप, मधेमेह लगायत रोग लागेका महिलाले यो खोप लगाउन मिल्दैन । अन्य महिलाका लागि भने यो खोप प्रभावकारी रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिह कार्कीले बताए । अन्य खोपको तुलनामा साईना प्रेस सुधारिएर बनेको खोप भएको उनले बताए ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.