अत्तरियाबाट नौ किलो चरेस सहित एक जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियाबाट चरेस सहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका – २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेस सहित बझाङ दुर्गाथली गाउँपालिका – ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन ।

उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.