घोडाघोडी बाट चित्तलको छाला सहित एक जना पक्राउ

सुखड : कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षीय खेमराज सापकोटालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा उनलाई मङ्गलवार राति १० बजे उनको घरमा घेरा हालेर पक्राउ गरेको उनले जानकारी दिए । आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.