सुदूरपश्चिमको राजधानी जंगललाई घोषणा गरियो, संरचना बन्ने कहिले : सांसद वलायर

काठमाडौं : सांसद् वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राखिए पनि केन्द्रीय सरकारले अहिलेसम्म भोगाधिकार नदिएको बताएका छन्। सांसद् बलायरले अहिलेसम्म प्रदेश राजधानीको सीमाकंन र डीपीआरनै नभएको बताए। संसदमा विशेष समय लिएर सांसद बलायरले पाँच वर्ष बितेपनि राजधानीमा भौतिक पूर्वाधारको कुनै काम नभएको बताए। उनले भने, ‘सुदुरपश्चिमको राजधानी जंगलमा छ। केन्द्रीय सरकारले भोगाधिकार दिएको छैन। २०७४ सालमा राजधानी घोषणा त गरियो । तर, सरकारले नाम मात्रैको राजधानी घोषणा गर्‍यो।’

बलायरले विभिन्न कारणाले देश जर्जर अवस्थामा गएको बताए। सरकारले आफ्ना व्यवहार नसच्याए स्थिति थप गम्भीर हुने उनको भनाइ छ। अहिले सुदुरपश्चिम प्रदेशको संसद्मा ताला लागेको भन्दै दल गम्भीर बन्नुपर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.