Agni Offset Press

धनगढीमा हुने सर्वाधिक पुरस्कार राशीको डेउडा प्रतियोगितामा ३० टिमको सहभागिता, तयारी पुरा

Aarati simant

अत्तरिया, १९ माघ : धनगढीमा भोली (शुक्रबार) देखि हुने डेउडा प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लाबाट ३० टिमको सहभागिता रहने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक देउडा प्रतिष्ठान केन्द्रले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । तीन दिन सम्म हुने प्रतियोगिताका शुक्रबार विहान ११ बजे सुदूरपश्चिम प्रदेशका मन्त्री सन्तोस थापा शर्माले उद्घाटन कार्यक्रम तय भएको देउडा प्रतिष्ठान केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरत रावल ‘डोटेली कान्छा’ ले जानकारी दिए । धनगढीको सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगणमा हुने प्रतियोगिताका लागि कलकारहरु यहाँ पुगिसकेको उनले बताए । डेउडा गितलाई पुस्तान्तरण गर्ने उदेश्यका साथ आयोजना हुन लागेको उनको भनाई छ । यस्तै देउडाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने समेत उद्देश्य रहेको छ । डेउडा प्रतियोगिताको एक टिममा ७ देखि ११ जना सम्म सहभागि हुन पाउने छन् । ‘एउटा टिममा ७ देखि ११ जना सम्म सहभागि हुन पाउनेछन्’, उपाध्यक्ष रावलले भने । ‘त्यसले गर्दा प्रतियोगितामा कम्तीमा पनि ३ सय कलाकारहरु सहभागि हुने छन् ।’ शुक्रबार सुरु भएको प्रतियोगिता आईतबार समापन गरिने छ ।
प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । अध्यक्ष बोगटीले डेउडाका पारखीहरुलाई प्रतियोगितास्थलमा सहभागि भईदिन अनुरोध समेत गरेका छन् । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रबद्र्धन गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.