अत्तरिया, २३ माघ : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) माकञ्चनपुरको भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी र नव बालबाटिका विद्यामन्दिर बौनियाविजयीभएका छन् ।
सोमबार भएको पहिलो खेलमा धनगढीको शारदा विद्यानिकेतन धनगढीलाई ४ रनले पराजितगर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ३२ रन र बलिङमा ३ विकेट लिए ।
धनगढी स्थित फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भुवनेश्वरीले निर्धारित २० ओभरमा७विकेट गुमाएर १ सय २० रन जोड्यो । १ सय २१ रनको विजयीलक्ष्य पछ्याएको शारदा विद्यानिकेतन २० ओभरमा७विकेट गुमाएर १ सय १६ रन मात्रबनाउनसक्यो । उसकालागिदीपक रोकायाले २६ र कृष्ण भट्टले २१ रन बनाए । बलिङ तर्फ भुवनेश्वरीका खगेन्द्र ठगुन्नाले ३ विकेट लिए ।
त्यस अघि भुवनेश्वरीको ब्याटिङमा खगेन्द्र ठगुन्नाले ३२ रनको पारी खेले । उसकाप्रकाश पाण्डेले २२ र लोकेश जोशीले १८ रनबनाए। बलिङ तर्फ शारदाकाहृदय बिठारीले २ विकेट लिए ।
सोमबमर भएको दोस्रो खेलमानव बालबाटिका विद्यामन्दिर बौनियाले वेष्टन क्रिष्टल एकेडेमी धनगढीलाई ९० रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेकोबाल बाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफलतयार पारेको थियो । १ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्टन क्रिष्टल एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै बनाउन सक्यो । वेष्टनका लागिनीरज ऐरले २४ र आशिष् लुहारले १६ रन बनाए । बलिङ तर्फ बाल बाटिकाका वीर बहादुर घर्ती मगरले ३ र प्रकाश जैशीले २ विकट लिए । त्यस अघि पहिलो इनिङमाबाल बाटिकाका लागिनेपाली यु–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका प्रकाश जैशीले २६ बलमा ७ छक्का र ६ चौकासहितअविजित ७८ रनको विस्फोटक पारी खेले । उसकाआशिष् ओलीले ४३ र विराट सिंह भण्डारीले ३७ रन बनाए । बलिङ तर्फ वेष्टन क्रिष्टलका रोशनथापाले २ विकेट लिए ।
सम्बन्धित पाेस्टहरु