Agni Offset Press

एलपीएल प्रतियोगिता : सत्यवती एकेडेमी र लिटल फ्लावर विजयी

Aarati simant

धनगढी, २४ माघ : धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । दिनको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित ग¥यो । सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९।३ ओभरमा ८ विकेट गुमाएर भेटायो ।
सत्यवतीको जितमा ओपनर खगेन्द्र जोशीले अविजित ५७ रन योगदान दिए । प्लेयर अफ द म्याच घोषित जोशीले ४७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै इमरान शेखले २८, प्रतिक श्रेष्ठले २० रन बनाए । सैनिकका बलर रवीन्द्र कार्की र सागर चन्दले २÷२ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १४० रन बनायो । उसको लागि विशाल ऐरले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ४१ बलमा ९ चौका प्रहार गरे । सन्दीप बिस्टले २९ तथा कप्तान अनुराग सिंहले २१ रन बनाए । सत्यवतीका बलर प्रतिक श्रेष्ठले २ तथा अभिषेक कोइराला र सोनु अन्सारीले १÷१ विकेट लिए । मंगलबारनै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर प्रिमियर लिगले गुराँस एकेडेमीलाई ८३ रनले पराजित ग¥यो । लिटल फ्लावरले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा गुराँस एकेडेमीले ११।४ ओभरमा ६९ रन बनाउँदा सबै विकेट गुमायो ।
लिटल फ्लावरका बलर अनुराग सिंह एक्लैले ५ विकेट लिए जुन क्रममा उनले २।४ ओभरमा ११ रन खर्चिए । अनुराग प्लेयर अफ द म्याच घोषित भए। सुबोध तिवारीले २ तथा रोशन रावल र सार्थक बमले १र१ विकेट लिए । गुराँस एकेडेमीका सचिन साउदले २६ तथा विशाल बिस्टले २२ रन बनाए । यस अघि टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ५ विकेट क्षतीमा १५२ रन बनायो ।

लिटल फ्लावरको लागि नरेन भट्टले सर्वाधिक ६४ रन योगदान दिए जुन क्रममा ५१ बलमा ८ चौका प्रहार गरे । वसन्त सिंह कार्कीले ३१ तथा कप्तान विपिन रावलले २७ रनको योगदान दिए । तेस्रो विकेटको लागि नरेन र वसन्तले ८३ रनको साझेदारी गरे। गुराँस एकेडेमीका बलर रभी बिस्टले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत पाँचौँ दिन बुधवार दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे लोटस आई र शारदा विद्या निकेतन तथा दोस्रो खेलमा दिउँसो १ बजे नव बाल बाटिका र होली फेमिली स्कुल प्रतिस्पर्धा गर्नेछन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.