अग्नी संवाददाता
अत्तरिया, २५ माघ :कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो , प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन ।
नगरपालिका नगर प्रमूख हेमराज ओझाको सभापतित्वमा सुरु भएको नगर स्तरिय प्रतियोगिताको प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी ले खेल मानव जीवन र राष्ट्रका लागि अत्यन्त आवश्यक रहेको बताए ।
“व्यक्तिकोको व्यक्तित्व निर्माणका लागि स्वस्थ जीवनयापन गर्नका निम्ति खेलको ठूलो महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले भने “यद्धपी हाम्रो पाठयक्रम खेलकुद अतिरिक्त क्रियाकलापका रुपमा मानिएको छ तथापि खेलकुद मानव जीवन का लागि अनिवार्यतत्व हो ।’
उनले खेलले मानिसलाई अनुशासित बन्न सिकाउने बताए । यस्तै कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले प्रतियोगिता नगर जिल्ला, प्रदेश हुँदै राष्ट्र सम्म निरन्तर चलिरहने बताए । खेल स्वस्थका लागि राष्ट्रका लागि पनि त्यति मात्र नभएर विकास, अनुशासन, आपसी भाइचाराका भूमिका पनि खेल्ने उनले बताए ।
‘प्रतियोगिताहरु विद्यार्थीहरु, युवाहरुलाई एकजुट संलग्न गरी निरन्तर रूपमा सञ्चालन गर्न सक्यौं भने हाम्रो समाज मा रहेको एकदमै कुप्रथा का रुपमा भइरहेको लागू औषध कुलतमा फसिरहेका युवाहरुलाई मुक्ति मिल्नेछ’ उनले भने ।
नगरप्रमुख ओझाले प्रतियोगिता सम्पन्न लगतै नगरपालिका खेलकुद शाखाले मेयरकप कार्यक्रम अयोजना गर्न लागेको बताए । कृष्णपुर नगरपालिकामा एउटा मिनी कबर्ड हल बनाउने योजना रहेको उनले बताए ।
प्रतियोगिता कृष्णपुर नगरपालिका भित्र रहेका १३ वडा सामुदायीक विद्यालयहरु र १० वटा संस्थागत विद्यालयहरु गरी २३ वटा विद्यालयहरु सहभागी भएका छन् । उक्त रनिङ् सिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिका ४ मा स्थित कृष्ण माध्यमिक विद्यालय को प्राङ्गण मा सञ्चालन भइरहेको छ । प्रतियोगिता यहि माघ २७ गते सम्म संचालन हुने भएको छ ।
यस्तै प्रतियोगितामा विजेता, उप विजेता,लगायत उत्कृष्ट खेलाडीहरुलाई रजत, कास्य, स्वर्ण पदक, मेडल,सिल्ड प्रदान गरिने भएको छ । कार्यक्रममा कृष्णपुर नगरपालिका सूचना तथा प्रविधि शाखा प्रमुख प्रेम बहादुर विष्ट ले कार्यक्रम सञ्चालन गरे संगै स्वागत मन्तव्य नगरपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कृष्ण दत्त भट्ट गरेका हुन् उद्घाटन कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक, शिक्षक,खेलाडी, खेलप्रेमी लगायत का व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित पाेस्टहरु