Agni Offset Press

अत्तरिया उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाद्धारा एक दिने क्रिस्टल माला पोते बनाउने तालिम

Aarati simant

अत्तरिया, १६ फागुन- सुदुरपश्चिम प्रदेश को केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगर मा रही आइरहेको यस श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्था को शाखा कार्यालय अत्तरिया ले एक दिने क्रिस्टल माला पोते बनाउने तालिम सम्पन्न गरेको छ ।
संस्थाले मंगलबार शाखा कार्यालय अत्तरियामा आबद्ध ५० जना शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरेको हो । अत्तरिया शाखाद्वारा आयोजित उक्त क्रिस्टल माला पोते बनाउने तालिम संस्थाको वार्षिक तालिका अनुसार कार्यक्रम अन्तर्गत भएको हुँदा महिला सदस्यहरूलाई उक्त तालिम प्रदान गरेको संस्था शाखा प्रमुख सुरेन्द्र ऐरले जानकारी दिए ।
अत्तरिया सेवा केन्द्रमा रहेका संस्थामा आबद्ध भएका महिला सदस्यहरुको ब्याबसायिक प्रबर्द्धनको लागि सहज पुगोस् तथा उक्त तालिम मा महिलाहरुलाई आत्मनिर्भर बनाउन र रोजगारी मुलक सीप हासिल गर्न तालिम प्रदान गरिएको हो भनेर शाखा प्रमुख ऐरले जानकरी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.