अत्तरिया उद्योग वणिज्य संघका बिरुद्द प्रशासनमा उजुरी

अत्तरिया : कैलालीको अत्तरिया उद्यग वाणिज्य संघका विरुद्द प्रशासनमा उजुरी परेको छ । अत्तरिया कै व्यवसायीले जिल्ला प्रसाशन कार्यालय कैलाली मा उजुरी दिएका छन ।

उजुरीमा विधान अनुसार कार्य गर्न नसकेको, बर्तमान कार्य समितिको म्याद सकिएको भएपनि अधिबेशन गर्न नसकेको, संस्थाको नविकरण नगरेको र महोत्सबको आयब्यय सार्बजनिक नगरेको आरोप लगाइएको छ ।

उजुरीमा तत्काल बर्तमान कार्य समिति खारेज गरी संस्थाको काम कारवाही रोक्न माग गरिएको छ । हालको कार्य समिति २०७५ असोजमा निर्वाचित भएको थियो । विधान अनुसार संस्थाको कार्यकाल २ बर्षको हुने गरेको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.