बाजुरा स्वामीकार्तिक कुन्ना समाजको शुभकामना आदानप्रदान कार्यक्रम

अत्तरिया, २५ चैत : बाजुरा स्वामीकार्तिक कुन्ना समाजले आउदैँ गरेको नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनगढीको जाखोर तालमा आयोजना गरेको शुभकाना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाही प्रमुख अतिथि रहेका थिए । उनले कार्यक्रममा मानवलाई सामाजिक एकता आवश्यक रहेको बताए । उनले आफु सरकारमा आईसकेपछि बाजुरा लगायत प्रदेशकै विकासकका योजनाबद्ध ढंगले अगाडि बढेको धारणा व्यक्त गरे ।
समाजका अध्यक्ष शिवलाल धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमालय जोशी, पत्रकार जगत साउँद, समाजसेवी एंव राजनीतिकर्मी छत्र शाही लगायत बाजुरा जन्मघर भई हाल धनगढीमा बसोबास गर्नेहरुको सहभागिता रहेको थियो ।
समाजका सचिव जयबहादुर थापाले स्वागत गरेको कार्यक्रममा बाजुरेली समाजका उपाध्यक्ष समेत रहेका बजिरसिंह धामीले कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका हुन् । कार्यक्रमको सञ्चालन धर्म थापाले गरेका हुन् । बाजुरा स्वामीकार्तिक कुन्ना समाजले शनिबार जाखोर तालमा वनभोजको समेत आयोजना गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.