कर्णाली नदिमा डुबेर अछाममा आमाछोराको मृत्यु

अछाम : शनिबार कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित आमा छोराको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर–४ की २२ वर्षीया कमला धामी र उनका पाँच महिनाको बच्चाको शव कर्णालीको त्रिवेणीमा अछाम प्रहरीले भटाएको हो ।

घरबाट उपचारका लागि भनेर पाँच महिनाको बच्चा सहित हिँडेकी कमला र उनका बच्चाको शव त्रिवेणी स्थित कर्णाली नदिको किनारामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.