स्वास्थ्यकर्मी बाजुरा-कैलाली स्वास्थ्यकर्मी संघ गठन : समितिका संयोजकमा जोशी

अत्तरिया : पुर्खेउली घर बाजुरा भइ हाल कैलालीका विभिन्न क्षेत्रमा रहेर सरकारी तथा प्राइभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले बाजुरा-कैलाली स्वास्थ्यकर्मी संघ गठन गरेको छ ।
शनिबार धनगढीको पर्यटकीयस्थल जाखोर तालमा आयोजना गरिएको भेलाले स्वास्थ्यकर्मी जयराज जोशीको संयोजकत्वमा १३ सदस्ययी समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
बाजुराका जनताले उपचारमा लामो समय देखि समस्या खेप्दै आईरहेका छन् । अव उप्रान्त स्वास्थ्य उपचारमा सहजता होस् भन्ने उदेश्यसका साथ समिति चयन गरेको जनाएको छ ।
समितिको सचिवमा महेन्द्रबहादुर साँउद धनगढी, सह सचिव चेतराज रेग्मी धनगढी, कोषाध्यक्षमा शान्ति बुडाल बुढा छन । यस्तै गरी सदस्यहरुमा गणेश साउद, शंकर सिंह, झलक नाथ, सुरेन्द्र शाही, मेनुका जोशी, मदन नेपाली छन् ।
यस्तै थप सदस्यहरुमा डम्मर साउद, मन्जु केसी र तिलक रेग्मी लाई चयन गरेको स्वास्थ्यकर्मी संघका सचिव महेन्द्रबहादुर साउदले जानकारी दिए । भेलाले समितिको सल्लाहकारमा डा. बिष्णु बुढा, डा. मोहन नाथ, डा. श्रीराम खाती, डा. बिष्णु जोश, डा. पवित्रा कार्की खाती र डा. अमृत जोशी चयन गरिएको छ । पहिलो पटक गरेको भेलाले आउँदै गरेको २०८० सालको शुभकामना तथा परिचयात्कम कार्यक्रम समेत सम्पन्न गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.