अत्तरिया, २७ चैत : ‘पीएफए भेट्रान कप २०८०’ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । प्ले फर अत्तरिया (पिएफए) स्पोर्ट क्लवको आयोजनामा हुने प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
अत्तरियामा बैसाख १ गतेदेखि ९ गतेसम्म चौथो संस्करणको रुपमा सञ्चालन हुन गैरहेको प्रतियोगीताको विजयी टिमले नगद ५० हजार तथा द्वितीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए । त्यसका साथै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरलाई नगद ५\५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कैलाली कञ्चनपुरका ७ वटा टिमको सहभागीता रहेको छ । सहभागीता टिमहरुलाई दुई पोलमा विभाजित गरेर प्रतिष्पर्धा गराईने क्लबका संस्थापक अध्यक्ष भट्टले बताए । प्रतियोगीतामा ३२ वर्ष माथिका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने उनले बताए । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्बजनिक गरिएको हो ।
सम्बन्धित पाेस्टहरु