अछाममा बन्दले यात्रु अलपत्र, खुल्ने अत्तोपत्तो छैन्

अछाम : अछाममा भएको सवारी बन्दले धनगढी बाट बाजुरा आउने यात्रुहरुलाई समस्या भएको छ । धनगढीबाट बाजुरा जाने यात्रुहरु बन्दका कारण अछामको चौखुट्टेमा अलपत्र पर्दा समस्या भएको हो ।

चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षीया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।

कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्वरका गाडी चालकलाई कारवाहि र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि बाजुराबाट धनगढी र धनगढी बाट बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ । धनगढीबाट बाजुरा आएका सयौ यात्रुहरू अछामको चौखुट्टेमा अलपत्र परेको बाजुराका कर्णबहादुर महतले बताएका छन ।

धनगढीबाट आएको २ दिन भयो चौखुट्टेमा सयौं जना यात्रु अलपत्र छौ, गाडी खुल्ने नखुल्ने अत्तोपत्तो नभएको उनले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूको आवागमन सहज बनाउन समन्वय गरिरहेको बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.