कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा क्षेत्रका छाडा कुकुरहरूको बन्ध्याकरण गरिएको छ ।
उपमहानगरपालिकाको आर्थिक सहयोग र भ्याली एनिमल क्लिनिक काठमाडौँको प्राविधिक सहयोगमा उपमहानगरपालिका क्षेत्रका १५४ छाडा कुकुरहरूको बन्ध्याकरण गरिएको हो । उपहानगरमा तीन दिने कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।
बजार क्षेत्रमा छाडीएका कुकुरको संख्या धेरै भएको र विहानको समयमा हिड्डुल गर्दा कुकुरले टोक्ने र लखेट्ने गरेको जनगुनासो पश्चात् सामुदायिक कुकुरको संख्या घटाउने विकल्पको रुपमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए । ‘कुकुर आफैमा नराम्रो प्राणी होइन, तर यसको सहि रुपमा लालनपालन हुन नसक्दा समाजमा अर्को घट्ना घटाउन्छ’, उनले भने । ‘व्यवस्थापन गर्ने उदेश्सका साथ बन्ध्याकरण शिविरको आयोजना गरिएको हो ।’ धनगढी उपमहानगरपालिकालको एक्लो प्रयासले मात्र पनि नियन्त्रण र व्यवस्थापन सम्भव नभएको उनले बतए । सहि रुपमा व्यवस्थापन गर्नका लागि सबै स्थानीय सरकार सबैले जाग्न आवश्यक रहेको उनको भनाई छ ।
आइतवारदेखि सुरु भएको बन्ध्याकरण शिविर आज मङ्गलवारसम्म सञ्चालन गरिएको भेटेरिनरी अधिकृत पदम रौलेले बताए । उपमहानगरका विभिन्न स्थानबाट छोडीएका कुकुर समातेर शिविरमा पुगाएर बन्ध्याकरण गरिएको हो । शिविरमा छाडा कुकुरको मात्र बन्ध्याकरण गरिएको छ । छाडा कुकुरको प्रजनन हुने क्रिया रोकेर नगर क्षेत्रमा छाडा कुकुरको संख्या थप बढ्न नदिने उद्देश्यले बन्ध्याकरण गरिएको हो ।
धनगढीको बस्ती विकाससंगै बढेको छाडा कुकुरको संख्यालाई व्यवस्थापन आवश्यक रहेको स्थानीय गणेश भण्डारीले बताए । ‘विहान अध्यरोमा मर्निकवाक गर्न निस्कन खोज्दा जतातत्तै बढेका कुकुरहरुले सताउने गरेका छन्’, उनले भने । ‘जुन कुकुर बन्ध्याकरण शिविर गरिएको छ । यो सह्रानीय छ । तर,यसलाई निरन्तता दिन पनि सक्नुपर्दछ । त्यसपछि मात्र केहि भए पनि बजारमा छोडीएका कुकुर कम हुन्छन् ।’ उनले धनगढीले मात्र गरेर नहुने बताउँदै छिमेकी स्थानीय तहले पनि अभियान थाल्नपर्ने सुझाव दिए ।
सम्बन्धित पाेस्टहरु