अत्तरिया, २९ चैत : कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशु मृत्यु प्रकरणमा सहमती भएको छ । बुधबार ईलाका प्रहरी कार्यालय मालाखेतीमा पीडित पक्ष र नगरपालिकाका प्रतिनिधि बीच सहमती भएको हो ।
सहमती अनुसार गत आइतबार सुत्केरी गराउन मालाखेती अस्पताल पुगेर ज्यान गुमाएकी २८ वर्षीय लक्ष्मी भट्टराईका छोरा आयुश भट्टराईलाई १२ कक्षा सम्म आवसीय शिक्षा नगरपालिकाले पढाउने र उनको परिवारलाई सान्त्वना स्वरुप नगद ५ लाख उपलब्ध गराउने सहमती भएको नगरप्रमुख बिरेन्द्र भट्ट ले बताए ।
यस्तै छानबिन समितिको प्रतिबेदन अनुसार घटनाका दोषीलाई पनि कार्बाही गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रमुख भट्टले बताए । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए । उनीहरुले विगत ३ दिन देखी पटक पटक राजमार्ग र नगरपालिकाको कार्यालय पुगेर प्रदर्शन जारी राखेका थिए । सहमती सँगै स्थानीयले लक्ष्मीको र शिशुको शब बुझेका छन् । आज बिहिबार उनको शबको पोष्टमार्टम गरिने भएको छ ।
सम्बन्धित पाेस्टहरु