
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका २ अत्तरिया स्थित राधाकृष्ण मन्दिरमा लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव बाट संकलन भएको रकम सार्वजनिक गरिएको छ । उक्त महायज्ञबाट जम्मा १७ लाख १६ हजार रकम संकलन भएको जनाएको छ ।
बिहीबार मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी संकलित रकम साथै आम्दानी खर्च सार्वजनिक गरेको हो । समेल्लनमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव संचालन गर्न सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै राधा कृष्ण मन्दिरको स्तरोन्नती लागि ८ दिन सम्म सञ्चालनमा ल्याइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सव बाट १७ लाख १६ हजार ८ सय ४ बराबरको रकम संकलन भएको मूल समिति सँयोजक कालु सिंह रोकाया ले जानकारी दिए ।
उनले “स्थानीय भक्तजनहरूले पूजा क्रममा टाढा टाढा धाउनु नपर्न का लागि अत्तरिया क्षेत्रकै एक मात्र रहेको राधाकृष्ण मन्दिरको मुहार फेर्न स्तरोन्नती लागि
महायज्ञ ज्ञान तथा ज्ञान विज्ञान धार्मिक महोत्सव संचालन गरिएको थियो भने। उनले मन्दिरको स्तरोन्नती संगै सम्पूर्ण खर्च कटाई बचत भएको जम्मा रकमको मन्दिरमा सभाहल निर्माण गर्ने जानकारी दिए ।
यस्तै संयोजक रोकायले आय–व्यय प्रस्तुत गर्दै सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ११ लाख ४४ हजार १सय ३ रुपैयाँ खर्च भएको र सम्पूर्ण खर्च कटाई ५ लाख ७२ हजार ७ सय रुपैयाँ समितिमा बचत भएको जानकारी दिएका छन् । यही चैत ९ गतेदेखि १६ गते ८ दिन सम्म सञ्चालन भएको सप्ताह ज्ञान महायज्ञमा संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञमा सुप्रसिद्ध कथावाचक रामानुजदास सन्तोषीजी महाराजले कथा वाचन गरेका थिए ।
