दार्चुलामा युवा युवती मृत फेला

दार्चुला : दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३\२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको हो।
युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। युवकको शव भिरमा अडकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले युवतीको परिचय खुलेको जानकारी दिए। मृतक युवती नौगाड गाउँपालिका–४ की सञ्जिता धामी भएको खुलेको छ। उनको शव भन्दा करिब ४०\५० मिटर तल भिरमा युवकको शव अड्किएको अवस्थामा भेटिएको हो।

उनको सनाखत हुन सकेको छैन। यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। बिहिबार राति भएकाले युवकको शव झिक्न सकिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.