काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्ड (पीएसओ) ले गोली प्रहार गरेका छन् ।
शुक्रवार राति घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ । घाइते अवस्थामा रहेकी उनको उपचार भइरहेको जनाइएको छ ।