बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वाशुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वाशुदेवको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको बताइएको छ । वाशुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित पाेस्टहरु